logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देशभरिमा थपिए ५४९ कोरोना संक्रमित, ५६९ जना संक्रमणमुक्त, ६ को मृत्यु


अंकुरण खबर
741
Shares

पछिल्लो २४ घन्टामा देशभरिमा ५४९ जना कोरोना संक्रमित थपिएका छन्।

७,१४५ जनामा गरिएको पिसिआर परीक्षणबाट ४९० र २,६०१ जनामा गरिएको एन्टिजेन परीक्षणबाट ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

अहिलेसम्म देशभरिमा पिसिआर परीक्षणबाट ८,११,८९७ जनामा र एन्टिजेन परीक्षणबाट ९४,४२८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

मन्त्रालयका अनुसार सोही अवधिमा ५६९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसहित अहिलेसम्म निको हुनेको संख्या ७,९०,३५८ पुगेको छ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ। थपिएका सहित अहिलेसम्म मृत्यु हुनेको संख्या ११,३८८ पुगेको छ।

अहिले देशभरिमा १०,१५१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। तीमध्ये ९,३७९ जना होम आइसोलेसनमा र ७७२ जना संस्थागत आइसोलेसनमा उपचाररत छन्।

त्यसैगरी २४२ जनाको आईसियुमा उपचार भइरहँदा ७८ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।