अधिवक्ता कृष्ण प्रसाईं, तोयानाथ ढुंगाना, कीर्तिनाथ शर्मा पौडेललगायत सातजना कानुन व्यवसायीहरुले सर्वोच्च अदालतका १५ न्यायाधीशविरुद्ध रिट दायर गराएका छन्।
आज सर्वोच्च अदालतमा दर्ता गराइएको रिटमा न्यायाधीशहरू इजलासमा सहभागी नहुँदा बन्दी प्रत्यक्षीकरणसहित तत्काल सुनुवाइ प्रभावित हुँदा न्यायको हक उल्लंघन भएको उल्लेख छ।
रिट निवेदकहरूले पेसी सूचीमा रहेका मुद्दा आजबाटै हेर्न परमादेश जारीको माग गरेका छन्।
मुद्दा सुनुवाइ नहुँदा बन्दी तथा थुनामा रहेकालाई अपूरणीय क्षति हुने दाबी उक्त रिटमा गरिएको छ।


