logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बलात्कार प्रयासको आरोपमा दुई जना पक्राउ


अंकुरण खबर
819
Shares

१६ वर्षीया किशोरीलाई जर्बजस्ती बलात्कार प्रयास गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा वीरगञ्ज-२१ बस्ने २० वर्षीय बिकर ठाकुर हजाम र २५ वर्षीय अनिल महतो कोइरी रहेका छन् ।

उनीहरुले कात्तिक ९ गते बिहान ६ बजे १६ वर्षीया किशोरी ट्युसन पढ्न निस्केको बेलामा फोटो स्टुडियोभित्र लगेर बलात्कार प्रयास गरेको प्रहरीको दाबी छ ।

युवतीले उनीहरुविरुद्ध जाहेरी दिएको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

पक्राउ परेका उनीहरुविरुद्ध जबरजस्ती करणी उद्योग कसूरमा पर्सा जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।