logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमाले अधिवेशनमा भक्तपुरका ४ स्थानीय तह मध्ये ३ वटामा नगर कमिटी चयन


अंकुरण खबर
1.261K
Shares

नेकपा एमालेको भक्तपुरका तीन स्थानीय तहमा नगर अधिवेशनबाट नेतृत्व चयन भएको छ ।

अधिवेशनबाट मध्यपुर थिमि नगरपालिका,चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिका नेतृत्व चयन भएको हो ।

सूर्यविनायक नगर कमिटीको प्रथम नगर अधिवेशनबाट अध्यक्षमा रवीन्द्र सापकोटा निर्वाचित भएका छन् । त्यस्तै चाँगुनारायणको अध्यक्षमा रामप्रसाद तिमल्सिना र मध्यपुर थिमि नगरपालिकामा अध्यक्षतामा सूर्यलाल श्रेष्ठ छानिएका छन् ।

भक्तपुरकाका चार स्थानीय तहमध्ये तीन वटा नगर कमिटिमा सर्वसम्मतबाट नेतृत्व चयन भए पनि भक्तपुर नगरपालिकामा भने नेतृत्व चयन हुन बाँकी छ ।