logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

२४ घण्टामा थपिए ३७२ जना कोरोना संक्रमित, ११ जनाको मृत्यु


अंकुरण खबर
702
Shares

पछिल्लो २४ घण्टामा ३७२ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् ।

पाँच हजार ३१६ पीसीआर परीक्षणमा २९७ जना र दुई हजार ५९५ एन्टिजेन परीक्षणमा ७५ जना गरेर ३७२ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै सोही अबधिमा संक्रमणबाट ११ जनाको मृत्यु भएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ९११ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ९,५२६ जना रहेका छन् ।

कोरोनाबाट हालसम्म मृतकको सङ्ख्या ११ हजार ३९९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ लाख ७३ हजार ५९ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।