logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

डडेल्धुरामा बस दुर्घटना हुँदा १० जना घाइते


अंकुरण खबर
1.378K
Shares

दार्चुलाबाट महेन्द्रनगर जाँदै गरेको बस डडेल्धुरामा दुर्घटना भएको छ । दुर्घटनामा १० जना घाइते भएका छन् ।

डडेल्धुराको आलिताल गाउँपालिका १ स्थित घण्टेश्वर मन्दिर नजिक ना ८ ख ६१३२ नम्बरको बस दुर्घटना भएको हो । प्रहरीका अनुसार बस सडकबाट करीब एक सय मिटर तल खसेको छ ।

जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका अनुसार बसमा ३२ जना सवार रहेको थिए । घाइतेहरुलाई उपचारका लागि धनगढी लग्न लागिएको छ।

घाइते हुनेहरुमा बैतडीको डिलाशैनी गाउँपालिका ६ का ४५ वर्षीय किर्मा ओड, ५० वर्षीय रम्चि ओड, दोगडाकेदार गाउँपालिका ८ का ३२ वर्षीय मानसिंह कार्की, दोगडाकेदार ६ का ३० वर्षीय देवदत्त जोशी, पुर्चौँडी नगरपालिका १० का ३० वर्षीय चन्द्रबहादुर विष्ट, दोगडाकेदारकै ३५ वर्षीय प्रकाश विष्ट र केशवदत्त जोशी रहेका छन् । अन्य घाइतेका परिचय खुलेको छैन ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।