पछिल्लो २४ घन्टामा देशभरिमा ४०८ जना कोरोना संक्रमित थपिएका छन्।
५,७३१ जनामा गरिएको पिसिआर परीक्षणबाट ३९६ र २,१६८ जनामा गरिएको एन्टिजेन परीक्षणबाट ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सोही अवधिमा ५१८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसहित अहिलेसम्म निको हुनेको संख्या ७,९१,७८७ पुगेको छ।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ। थपिएका सहित अहिलेसम्म मृत्यु हुनेको संख्या ११,४०७ पुगेको छ।
अहिले देशभरिमा ९,३७६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। तीमध्ये ८,६१५ जना होम आइसोलेसनमा र ७६१ जना संस्थागत आइसोलेसनमा उपचाररत छन्।
त्यसैगरी २२५ जनाको आईसियुमा उपचार भइरहँदा ७० जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।