प्रदेश १ मा आज मुख्यमन्त्री चयनको टुङ्गो लाग्ने छ ।
मुख्यमन्त्री भीमप्रसाद आचार्यले कात्तिक ५ गते प्रदेशसभा बैठकमा विश्वासको मतको लागि पेश गरेको प्रस्तावमाथि आज मत विभाजन प्रक्रियाद्वारा टुंग्याउने कार्यसूची छ ।
मुख्यमन्त्री प्रदेश १ का विपक्षी गठबन्धनले नेकपा (एकीकृत समाजवादी)लाई दिने सहमति गरेका छन् । समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउन विपक्षले सहयोग गर्ने निर्णय गरेका छन् । नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चले आइतबार बैठक बसी राईलाई समर्थन गर्ने निर्णय गरेका हुन् । बैठकले प्रदेशका मुख्यमन्त्री भीमप्रसाद आचार्यको विपक्षमा मतदान गर्न सबै दलले सांसदहरूलाई ह्विप जारी गरेका छन् ।
प्रदेशसभामा ९२ सांसद् रहेका छन् । अहिले नेकपा एमालेसंग सभामुखसहित ४१ सांसद् रहेकामा विश्वासको मतको लागि कम्तीमा ४६ सांसद् चाँहिन्छ । विपक्षी गठबन्धनको असहयोगमा मुख्यमन्त्री आचार्यको पद जाने निश्चित छ ।