logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओलीले ज्ञानेन्द्रसंग मिलेर गणतन्त्र उल्ट्याउन खोजे : प्रचण्ड


अंकुरण खबर
1.001K
Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटेर परिस्थिति मिले देशमा पुनः राजतन्त्र ल्याउने बाचा दिएको आरोप लगाएका छन् ।

सोमबार कीर्तिपुरमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले ओली प्रतिगमनकारी भएकाले लोकतन्त्र,संघियता सिध्याउने भएकाले चनाखो रहनु पर्ने आरोप लगाए । प्रचण्डले भने, ‘ज्ञानेन्द्रसँग भेटेर ‘गणतन्त्र, संघीयता मलाई पहिलेदेखि मन परेको थिएन बाध्य भएर गरेको हो मौका आयो भने उल्ट्याउने हो’ भनेर भनेको सुने । स्थिति कहाँसम्म पुग्या रहेछ हेर्नुस् ।’

उनले परिवर्तन गुम्ने खतरा भएकाले ओली प्रवृति बिरुद्ध आफूहरू बलियो भएर लाग्नुपर्ने जीकिर गरे ।

राजनीति प्रतिनै जनताको विश्वास गुम्दै गएकाले अब कमी कमजोरी सुधार्दै आफ्नो पार्टी एक नम्बर बनाउन लाग्नु पर्ने उनको जोड थियो । आफु र आफ्नो पार्टी बिरुद्ध राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्ति लागेको दाबी गर्दै अध्यक्ष प्रचण्डले यस्तो कुराको सामाना गर्न पनि नेता कार्यक्रमतालाई निर्देशन दिए ।