आज(सोमबार) नेपाली बजारमा सुन चाँदीको मूल्यमा थोरै वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक सय रुपैयाँले बढेर ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको छ त्यस्तै तेजाबी सुन प्रतितोला ९१ हजार एक सय रुपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्यमा पनि तोलामा पाँच रुपैयाँले बढेर एक हजार २ सय ४५ रुपैयाँ कायम भएको छ ।