logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

प्रधानन्यायाधीश बिरुद्ध कानुन व्यवसायीको आन्दोलन जारी, सम्मान जनक बहिर्गमनको पक्षमा प्रधानन्यायाधीश


अंकुरण खबर
2.99K
Shares

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बिरुद्धमा कानुन व्यवसायीले आन्दोलन जारी राखेका छन् ।

प्रधानन्यायाधीश जबराले आफू ‘सम्मान जनक बहिर्गमन’को पक्षमा रहेको जनाइसके पनि नेपाल बार एसोसिएसनको नेतृत्वमा कानुन व्यवसायीले आइतबारबाट कालो पट्टी बाँधेर विरोध प्रदर्शन जारी राखेका हुँन ।

बारसहित सर्वोच्च अदालतकै १९ जना न्यायाधीशहरू प्रधानन्यायाधीश जबराको राजीनामा मागेर आन्दोलनमा उत्रिएका छन् । उनीहरू इजलासमा समेत बसेका छैनन् ।

कार्यपालिकासँग मिलेर राजनीतिक भाग खोजेको आरोप लगाउँदै प्रधानन्यायाधीश जबराको राजीनामा मागेर सर्वोच्चकै न्यायाधीश र कानुन व्यवसायीहरू आन्दोलित भएका हुन । प्रधानन्यायाधीशको विषयमा पक्ष र विपक्षका वकिल बीच नेपाल बार एसोसिएसनकै प्राङगणमा कुटाकुट समेत भएको थियो ।