logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

राम्रो नीति नहुँदा देश र कांग्रेस दुबै अस्तव्यस्त भयो : रामचन्द्र पौडेल


अंकुरण खबर
1.378K
Shares

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकसंगै पार्टी पनि अस्तव्यस्त भएको जीकिर गरेका छन् ।

सोमबार प्रदेश युनियन धनुषाले जनकपुरधाममा गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले दीर्घकालिन सोच र कुशल नेतृत्व नहुँदा देशमा संकट आइपरेको र सफल नेतृत्व नहुँदा कांग्रेस अस्तव्यस्त भएको बताएका हुन् ।

कार्यक्रममा उनले भने ‘७० वर्षसम्मको आन्दोलन र त्यागले हामी आफ्नो देशमा लोकतन्त्र ल्याएउन सफल भयौं’, नेता पौडेलले भने, ‘तर यत्रो त्याग र बलिदानीले ल्याएको परिवर्तनलाई संस्थागत गर्ने भेलामा न्यायदेखि हरेक संविधान निकायहरूमा भाँडभैलो छ । सदन पटक–पटक अवरुद्ध गरिन्छ । देशलाई अस्तव्यस्त पारिएको छ । यस्तो अवस्थामा लाग्छ एकपटक फेरि लोकतन्त्रको रक्षाका लागि आमजनताले आगाडि आउनुपर्छ ।’

त्यस्तै नेता पौडेलले न्यायपालिकामा देखिएको समस्याबारे गम्भीर छलफल गरि समधानको बाटोमा जानु पर्ने बताए । ‘विभिन्न संवैधानिक निकायमा नियुक्ति गर्दा भागबन्डा लगाउने, राम्रा भन्दा हाम्रालाई प्रथामिकतामा राख्दा यो स्थिति आएको उनको भनाई थियो ।

एक फरक प्रशंगमा नेता पोडेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भने जस्तो संविधान संशोधनको आवश्यकता नरहेको तर आवश्यक्ता अनुसार संशोधन गर्न चै सकिने बताए ।