logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तिहार आजबाट सुरु, हर्षोल्लासका साथ मनाइदै


अंकुरण खबर
1.391K
Shares

हिन्दुहरुको महान दोस्रो ठूलो चाड तिहार आजबाट सुरु भएको छ ।

यमपञ्चकको पहिलो दिन आज बेलुकी यमदीपदान सुरु हुने छ । भोली अर्थात(बुधबार) १७ गते काग र कुकुर तिहार एकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । भोली बिहान ७ः१४ बजेसम्म त्रयोदशी तिथि रहेकाले काग तिहार मनाइन्छ । त्यस्तै बिहान ७ः१४ बजेपछि चतुर्दशी तिथि लाग्ने भएकाले कुकुर तिहार मनाउँनु पर्ने पञ्चाङ समितिले जनाएको छ ।

भोली काग र कुकुरलाई मीठा खाने कुरा खुवाएर पुजा गर्दा सर्वकुरा राम्रो हुँने जनविश्वास रहेको छ ।

कात्तिक १८ गते बिहीबार लक्ष्मी पूजा परको छ । बिहान अरुणोदयकालअघि अपामार्गसहित स्नान गरि विधिपूर्वक पुजा आरधाना स्वर्गमा बास हुँने धार्मिक विश्वास रहदै आएको छ । त्यस्तै लक्ष्मी माताको विधिपूर्वक पुजा आरधाना गरे सधै धनधान्यले भरिपूर्ण हुँने विश्वास रहेकाले लक्ष्मी पुजालाई विशेष रुपले मनाइन्छ ।

कात्तिक १९ गते शुक्रबार म्ह पूजा गोवद्र्धन पुजा परेको छ । कार्तिक २० शनिबार भाइटिका लाएसंगै तिहार सकिन्छ ।

आज धनवन्तरी जयन्ती पनि मनाइदै छ । आयुर्वेदमा धनवन्तरीलाई विशेष रुपमा मनाइन्छ ।