स्थानीय

सीता एयरको जहाज बँदेलसँग ठोक्किदा दुर्घटना

सीता एयरको जहाज बँदेलसँग ठोक्किएको छ ।

मंगलबार नेपालगञ्ज विमानस्थलबाट हुम्लाको सिमिकोट उड्ने क्रममा विमानस्थलमाको धावनमार्गमा बँदेल विमानसंग ठोक्किएको हो ।

सीता एयरको नाइन एन एएचएबी कल साइन जहाज धावनमार्गमा गुडिरहेका बेला बँदेलसँग ठोक्किएर दुर्घटना भए पनि कुनै मानवीय क्षति बने भएन् ।

यात्रु र चालक दलका सदस्य सकुशल रहेका छन् । यद्यपी तर, जहाजको अगाडिको टायरभन्दा माथिल्लो भागमा क्षति पुगेको सीता एयरले जनाएको छ । अहिले विमानस्थल ठप्प छ ।

Comment here