अर्थमन्त्री जनार्दन शर्माले उत्पादन बढाउन सके मात्र देशमा स्वाधिनता कायम रहने बताएका छन् ।
नुवाकोटको ककनीमा मन्त्री शर्माले निर्यातमुखी अर्थतन्त्रलाई उत्पादनमुखी बनाउन सके राष्ट्रिय स्वाधीनता बढ्नुको साथै अर्थतन्त्र बलियो हुने बताएका हुन् । उनले स्वाभालम्भी बनी अर्थतन्त्र बलियो बनाउन नेता जनता सबै लाग्नुपर्ने बताए ।
स्थानीय तहलाई स्रोत र साधन अझ बढी उपलब्ध गराएर बिकास गनै सके मात्र देश संवृद्ध हुने मन्त्रीको भनाई थियो ।
अन्त्री शर्माले कुनै पनि काम गर्दा नेता तथा नेतृत्वलाई जनता र कार्यकर्ताले सधैँ खबरदारी गरिरहे नराम्रो काम गर्नबाट धेरै हदसम्म जोगिने जीकिर गरे ।