भरतपुर महानगरपालिकाकी मेयर तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्री रेणु दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि कटाक्ष गरेकी छिन् ।
ओलीले सोमबार चितवनमा विगतमा प्रचण्डलाई दुई दुई पटक भोट मागेर आफुले गल्ती गरेको भनेपछि रेणु आलीको अभिव्यक्ति प्रति आक्रोशित भएकी हुन् । मंगलबार सामाजिक सञ्जाल मार्फत रोणुले माओवादी केन्द्रकै सहयोगमा ओली दुई पटक प्रधानमन्त्री भएकाले ठूलो कुरा गर्नुको तुक नरहेको जीकिर गरेकी छिन् ।
उनले लेखेकी छिन् ‘इतिहासमा दुई पटक प्रधानमन्त्री माओवादी कै सहयोगमा भएकाले ठुला कुरा नगरेकै बेस होला । साथै प्रचण्ड ओलीलाई भोट माग्न गएकै बेला प्रकाशको मृत्यु भएको उनको गुनासो छ । लेख्छिन् ‘ओलीलाई भोट माग्न आोलीको क्षेत्रमा ओलीसहित अध्यक्ष प्रचण्ड झापा जाँदा घरमा आमा मात्र, त्यही पनि पार्किन्सनको बिरामी भाइको मध्यरातमा अचानक स्वास्थ्यमा समस्या आई दुःखद घटना घट्यो । घरमा परिवारका सदस्य कोही पनि नभएको बेला सबै आ–आफ्नो चुनावी मैदानमा बिरामी आमा मात्र घरमा अकालमा उपचार पनि नपाई भाइको ज्यान गयो । के थाहा समयमै अस्पताल लैजान पाएको भए भाइको ज्यान जोगीन पनि सक्थ्यो।’