प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई राजीनामा दिएर थोरै भए पनि नैतिकता प्रदर्शन गर्न अधिवक्ताहरुले आग्रह गरेका छन् ।
बारको अगुवाईमा जारी आन्दोलनलाई मंगलबार अधिवक्ताहरुले संबोधन गर्दै प्रधानन्यायाधीशले तत्काल राजीनामा दिएर नैतिकता प्रदर्शन गर्न आग्रह गरेका हुन् । उनीहरुले कुनै सर्त बिना राजीनामा दिन आग्रह गरेका हुन् ।
बिरोध कार्यक्रममा पूर्व न्यायाधीवक्ता तथा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले प्रधानन्यायाधीश राणाकै कारण न्यायालयमाथि प्रश्नको चााङ लागेको आरोप लगाए ।
आन्दोलनरत अधिवक्ताहरुले आफ्नो आन्दोलन न्याय र सुशासनको लागि भएको दाबी गर्दै नागरिक समाज लगाएत धेरैको साथ रहेको जीकिर गरेका छन् ।