logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चालक अनुमतिपत्रको अनलाइन आवेदन पुनः अवरुद्ध


अंकुरण खबर
845
Shares

चालक अनुमतिपत्रको अनलाइन फारम पुनः अवरुद्ध भएको छ ।

सफ्टवेयरमा समस्या आएको भन्दै विभागले यही कात्तिक ८ गते खुलाएको चालक अनुमति पत्रको आवेदन पुनः बन्द गरेको हो । एकै पटक धेरै सेवाग्राहीले आवेदन भर्न खोजेकाले समस्या परेको हुनसक्ने भएकाले अब छिट्टै समस्या समधान गर्ने विभागका प्रवक्ता डा. लोकनाथ भुषालले जानकारी दिए ।

अब अनुमतिपत्रका लागि आवेदन गर्दा नयाँ आवेदन र अर्को अनुमतिपत्र लिइसकेकाको वर्ग थप गरिने भएको छ ।

कोभिडका कारण अनुमतिपत्रको परीक्षा पटक पटक समस्या भएकाले आबेदन दिनेको संख्या धेरै छ ।