स्वास्थ्य

तिहारको लागि बाहिर जानेलाई काठमाडौं यी ठाँउमा खोप लगाइने

सरकारले आजबाट सुरु भएको तिहार लगाएत छठ पर्व मनाउन काठमाडौं बाहिर जानेहरुको लागि काभिड-१९ विरुद्धको खोप लगाउन सुरु गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार (आज)बाट कोटेश्वर चोक,कलंकी चोक, गोंगबु बसपार्क, बल्खु चोकमा खोप लगाउन सुरु गरिएको हो । बिहान ७ः३० देखि दिउसो ४ बजेसम्म लगाइने खोपमा यात्रुहरुलाई भेरोसेल र एस्ट्रेजेन दुबैको खोप दिइएको छ ।

पहिलो खोप लगाउनेको लागि परिचय खुल्ले कागजात लिएर जानुपर्छ भने, पहिलो मात्रा लगाइसकेकाहरुले खोप कार्ड देखाएर दोस्रो मात्रा खोप लगाउने व्यवस्था गरिएको छ । यो कार्यले खोप लगाउनबाट उमेर पुगेका कोही पनि बञ्चित हुनुपर्ने मन्त्रालयले जनाएको छ ।

Comment here