हिन्दुहरुको दोस्रो महान चाड तिहारको आज कृष्ण त्रयोदशी अर्थात काग तिहार ।
यमराजको अत्यन्त प्रिय भक्त मानिने कागलाई आज मीठो मीठो खान दिएर पुजा गरि खुसी बनाए यमराज समक्ष कागले राम्रो खबर लाने जनविश्वास रहदै आएको छ । विशेष गरेर आज कागलाई दही भात खुवाउनी गरिन्छ ।
तिहार कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुल्क द्वितीयासम्म पाँच दिन मनाइने गरिन्छ । कागले सबैलाई समान दृष्टिले हेर्छ भने यसले अन्नबालीमा लाग्ने कीरा–फट्याङग्राहरू खाइदिन्छ ।
काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आउने जनविश्वास रहेकाले कागआई कराउन लागे शुभबोल भन्ने चलन छ । आज ९ बजेर २२ अगाडि काग तिहार मनाइसक्नु पर्ने छ ।
आजै कुकुर तिहार पनि परेको छ । नीति घटबडका कारण ९ बजेर २२ पछि कुकुरलाई मिठा मिठा खानेकुरा खान दिएर पूजाआज गरी कुकुर तिहार मनाइँदै छ । कुकुरलाई आज्ञापालक र घरको सुरक्षा पालकमा रुपमा लिइन्छ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी खानेकुरा खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छाडिदिने धार्मिक विश्वास रहेको छ ।