आज देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक, दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
हाल देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने छ । अझै केह दिन मौसम यस्तै रहने महाशाखाले जनाएको छ ।