प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले आजका लागि ९ इजलासमा ९ मुद्दाको पेसी तोकेका छन् ।
आज सर्वोच्चमा प्रधानन्यायाधीश राणाले एकल ३ र ६ संयुक्त इजलास तोकेका हुन् । पेशी तोकिएका सबै मुद्दामा दुई मुद्दा बन्दी प्रत्यक्षीकरणसँग सम्बन्धित छन् ।
प्रधान्यायाधीश राणासँग इजलास शेयर गर्न नसकिने न्यायाधीशहरूले अडान कायम राखेकाले राणाले आफू बाहेकको इजलास तोकेका छन् ।
प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्ने कार्यलाई लम्ब्याउन खोजेकोले प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म इजलास नजाने न्यायायाधीशहरूको अडान कायमै छ ।
प्रधानन्यायाधीश बिरुद्ध आज चौथो दिन पनि नेपाल बार एसोसिएसनको नेतृत्वमा कानुनव्यवसायीहरूले बिरोध प्रदर्शन जारी राखेका छन् ।