logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज नेपाली बजारमा सुन चाँदीको मूल्य घट्यो, कतिमा भयो कारोबार ?


अंकुरण खबर
1.326K
Shares

बुधबार (आज) नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार सुनको मूल्यमा सामान्य घटेको हो । मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँ कायम भएकोमा बुधबार ५०० सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएको हो ।

त्यस्तै छापावाल सुन प्रति १० ग्राम ७८ हजार ४४५ रुपैयाँ कायम रहेको छ भने, तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार १५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

बुधबार चाँदीको मूल्यमा पनि थोरै घटेको छ । चाँदी तोलामा २५ रुपैयाँले घटेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार २२५ रुपैयाँ कायम भएको छ । मंगलबार एक हजार २५० रुपैयाँ कायम भएको महासंघे जनाएकोे छ ।