logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

२४ घण्टामा थपिए ४४७ जना कोरोना संक्रमित, ७ जनाको मृत्यु


अंकुरण खबर
1.378K
Shares

पछिल्लो २४ घण्टामा ४४७ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ७ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मन्त्रालयले पछिल्लो २४ घण्टामा ९ हजार ९१३ जनामा कोरोना परीक्षण गर्दा यति संख्यामा संक्रमण पुष्टि भएको हो ।

देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १३ हजार ८२८ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९४ हजार ७२६ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी हालसम्म ११ हजार ४सय३४ जनाको संक्रमणबाट मृत्यु भएको छ । हालसम्म मन्त्रालयका अनुसार हालसम्म ७ लाख ९३ हजार २७१ जना निको भएका छन् । कोरोनाको जोखिम कायमै रहेकाले चाडबाडको बेलामा अझ सचेत हुन मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।