logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गठबन्धन शंका गर्नुपर्दैन, चुनावसम्म जान्छ : प्रधानमन्त्री देउवा


अंकुरण खबर
1.001K
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन चुनावसम्म हुने स्पस्ट पारेका छन् ।

बेलायतबाट स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले गठबन्धन कुनै समस्या नभएकाले चुनावसम्म यो गठबन्धन रहने बताएका हुन् । उने भने ‘गठबन्धन पुरै समय रहन्छ । गठबन्धनमा कुनै किसिमको शंका नगर्नुभए हुन्छ। गठबन्धन चुनावसम्मै जान्छ ।’

प्रधानमन्त्री देउवाले अमेरिकी राष्ट्रपति जो बाइडन र बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँग कुराकानी भएको बताए। उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि छलफल भएको बताएका छन् ।

देउवा यही कात्तिक १५ र १६ गते संयुक्त अधिराज्यको ग्लास्गो नगरमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा भाग लिई आज स्वदेश फर्किएका हुन् ।