logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यमपञ्चकको आज चौथो दिन, गाई र गोवर्द्धन पूजा गरेर मनाइदै


अंकुरण खबर
923
Shares

यमपञ्चकको आज चौथो दिन, गाई र गोवर्द्धन पूजा गरेर मनाइदै छ ।

यस दिनलाई हलि तिहार पनि भनिन्छ । यस वर्ष तीथिमा घटबढ परेकाले आज गाई र गोरु पुजा एकै दिन परेको छ । आजको दिन गाईपूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास रहेको छ ।

त्यस्तै आज गोरुलाई विभिन्न परिकार बनाई खुवाएर पूजा गरे गर्ने गर्दछन् । वैदिक सनातन कालदेखि नै गाईलाई पवित्र मानी पूजा गरिँदै आएको छ । गाईको पूजा गरी आजका दिन मिठा–मिठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता पनि भनिन्छ ।

स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।

आजै गोवद्धर्न पूजा पनि गरीन्छ । आजका दिन घर आागनमा गाईको गोबर र रातोमाटोले लिपपोत गरी गोवर्द्धन पर्वतको आकृति बनाई पूजा गर्ने गरिन्छ ।