logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाल संवतको ११४२ले सबैमा सुख, शान्ति समृद्धि प्राप्ति होस् : प्रधानमन्त्री देउवा


अंकुरण खबर
1.352K
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संवतको नयाँ वर्ष ११४२ शुभकामना व्यक्त गरेका छन् ।

देउवाले आज नेपाल नेपाल संवत नयाँ वर्ष ११४२ का अवसरमा शुभकामना सन्देश दिँदै  विविधतायुक्त धर्म संस्कृतिले राष्ट्रिय एकतालाई थप मजबुत बनाउने र नेपालीलाई एकताबद्ध हुन सहयोग मिलोस भन्ने अपेक्षा राखेका छन् ।

नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःले ऋणमा डुबेका नेपाली जनतालाई ऋण र दासत्वबाट मुक्त गराई स्वाभिमान र स्वतन्त्रतापूर्वक बाँच्ने अवस्था सिर्जना गरेकाले यसको महत्व धेरै भएको प्रधानमन्त्री देउवाले बताएका छन् ।

त्यस्तै प्रधानमन्त्री देउवाले सबै नेपालीहरुमा शुस्वास्थ,दीर्घायु ,सुख, शान्ति र समृद्धिको कामना गरेका छन्।