logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भाइटीकाको उत्तम साइत ११:०२ बजे


अंकुरण खबर
2.132K
Shares

नेपालीहरुको महान चाड तिहारको आज पाचौं दिन भाइटीका ।

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरि रमाइलोसंग मनाउँदै छन् । भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ ।

टीकालगाउँन आज उत्तम साइत बिहान ११ः०२ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जानाएको छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता छ । आज भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनु राम्रो रहेको समितिको भनाई छ ।