logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री देउवाको अनुरोध : स्वास्थ्य मापदण्ड पालना गर्दै भाइटिका मनाउनु


अंकुरण खबर
689
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९को जोखिमबाट बच्न स्वास्थ्यका मापदण्ड पुरा गर्दै तिहार मनाउँन सबैलाई आग्रह गरेका छन् ।

आज प्रधानमन्त्री देउवाले तिहारको शुभकामना सन्देश दिँदै कोभिड–१९ न्यूनीकरण गर्न सरकार प्रयासरत भएकाले आवश्यक सावधानी अप्नाएर भाइटिका हर्षोल्लासका साथ मनाउँन आग्रह गरेका छन् ।

प्रधानमन्त्रीले स्वदेश र विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

उनले तिहारजस्तो दिदीबहिनी र दाजुभाइको मिलन गराएर आपसी भाइचाराको सम्बन्ध बढाउने पर्वले सबैलाई प्रेरणा र खुशी दिदै मुलुकमा शान्ति, अमनचयन र सुशासन कायम रहोस भन्ने कामना गरेका छन् ।