सियरामा इन्धन बोकेको ट्यांकर दुर्घटना हुँदा कम्तिमा ९४ जनाको मृत्यु भएको छ ।
स्थानीय सञ्चार माध्यमका अनुसार राजधानी फ्रीटाउनमा एउटा इन्धन बोकेको ट्यांकर अर्को लरीसँग ठोक्किएपछि उक्त दुर्घटना भएको हो । दुर्घटनामा टयांकरको इन्धन पोखिदा आगो लागेपछि मानिस र सवारी साधनमा आगो सल्किएको थियो।
ट्यांकर ठोकिएपछि भएको आगोलागीबाट ठूलो मानवीय क्षति भएकोप्रति त्यँहाका राष्ट्रपति जुलियस मादा बायोले दुःख व्यक्त गरेका छन् ।
दुर्घटनामा परि डढेका शव छरपस्ट देखिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । दुर्घटनापछि जलेर १०० भन्दा बढी मानिसको ज्यान गएको फ्रीटाउनका मेयर वाइभोन सवेरले बताएका छन् ।