पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट १ सय ४३ जनामा संक्रमण पुष्टि भएको हो भने,९ जनाको मृत्यु भएको छ । त्यस्तै ५ सय ६३ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार कूल २ हजार ३ सय ३३ जनाको नमूना परीक्षण गर्दा १ सय ४३ जनामा कोरोना पोजिटिभ देखिएको हो।
जसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणबाट १४१ र एन्टिजेन विधिबाट दुई संक्रमित पहिचान भएका छन्।
हालसम्म कूल सङ्क्रमितमध्ये ७ लाख ९५ हजार ३९७ जना सङ्क्रमित निको भइसकेका छन् । नेपालमा निको हुने दर ९७.७ प्रतिशत रहेको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउने सङ्ख्या ११ हजार ४४८ रहेको छ ।
अहिलेसम्म कूल १ करोड ६१ लाख ७१ हजार ३२९ मात्रा खोप लगाइसकिएको छ ।