प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज ६ इजलासमा ७ मुद्दाको पेशी तोकेका छन् ।
सर्वोच्चमा प्रधानन्यायाधीश जबराले आजका लागि दुई एकल इजलास र चार संयुक्त इजलास तोकेका हुन्। पेशी तोकिएका सबै मुद्दा बन्दीप्रत्येक्षीकरणसँग सम्बन्धित रहेको सर्वोच्च अदालतले जनाएको छ।
न्यायाधीशहरु र नेपाल बार एसोसिएनको नेतृत्वमा वकिलहरुले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आएका छन् । तर, यता प्रधानन्यायाधीशले आफू संवैधानिक व्यवस्थाअनुसार प्रधानन्यायाधीश नियुक्त भएकाले आफु सम्मानजनक बहिर्गमनको पक्षमा रहेको बताएका छन्।
आज सोमबार पनि प्रधानन्यायाधीश जबराको बिरोधमा कालोपट्टी बाँधेर विरोध जनाउने भएका छन् । प्रधानन्यायाधीश जबराले आजका लागि आफ्नो समेत इजलास तोकेका छन्।