logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

छठ पर्वको आज दोस्रो दिन, ‘खरना’ को पुजा आरधाना गरि मनाइँदै


अंकुरण खबर
2.691K
Shares

छठ पर्वको दोस्रो दिन आज चन्द्रमाको पुजा आरधाना गरि मनाइदैछ ।

आज व्रतालु्हरुले मिठा मिठा परिकार (खरना) बनाएर चोखो भइ साँझपख खीर बनाई चन्द्रमालाई चढाउँने गरिन्छ । आज बिहानैदेखि व्रतालुहरूले निर्जला भएर बेलुकी एक छाक मात्र खीर तथा लौकाको तरकारी खाएर ब्रत बस्ता छठी देवीले पुत्र नभएकालाई पुत्र, पत्नी नभएकालाई पत्नी, धन नभएकालाई धन दिने विश्वास छ ।

कार्तिक शुक्ल चतुदर्शीदेखि सुरु भएको यो पर्व कार्तिक शुक्ल सप्तमीसम्म मनाइन्छ । यो व्रत बसेका व्रतालुले सप्तमीसम्म माछा, मासु, लसुन, प्याज, कोदो आदीको भोजन गर्दैनन् । यो चार दिन व्रतालुले सात्विक भोजन मात्र गर्दछन् ।

कार्तिक शुक्ल सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य चढाइ छठ पर्वको व्रतलाई समापन गरिन्छ ।