logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सरकारको निर्णय : १२ वर्ष माथिका व्यक्तिलाई लगाउन १ करोड खोप खरिद गर्ने


अंकुरण खबर
949
Shares

१२ वर्ष माथिका व्यक्तिलाई लगाउन मिल्ने एक करोड खोप खरिद गरिने भएको छ ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले एक करोड मात्रा खोप खरिद गर्ने निर्णय गरेको र यो खोप छिट्टै किन्ने निश्चित भएको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले बताएका छन् ।

६० लाख फाइजर खोप र ४० लाख मोर्डना खोप खरिदका लागि मन्त्रिपरिषद्ले निर्णय गरेको मन्त्री खतिवडाको भनाई थियो ।

कोभिडविरुद्धको खोप फाइजर तथा मोर्डना खोप भण्डारण गर्न मिल्ने फ्रिज यसअघि नै नेपाल आइसकेको छ ।

सरकारले आउँदो चैतभित्र सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने लक्ष्य लिएको छ ।