logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लडेर जितेर देखाउन प्रम देउवाको चुनौति


अंकुरण खबर
1.456K
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लडेर शासन गर्न चुनौती दिएका छन् ।

बुधवार गणेशमान स्मृति शान्ति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लडेर शासन गर्न चुनौती दिएका छन् । उनले पूर्वराजा शाहलाई प्रजातन्त्रबाहेक सबै कुरा सुम्पिने बताउँदा आफूलाई जेलमा हाले र अहिले यही शासन व्यवस्थाविरुद्ध नलाग्न चेतावनी दिए । उनले भने ‘मैले सरकार सबै चढाउँछु, प्रजातन्त्रविरुद्ध जान सक्दिन सरकार भने, तर मलाई जेलमा थुनियो, त्यस कारण एकाएक नागरिक तातिए, प्रजातन्त्र आइसकेको देशमा प्रजातन्त्रको पक्षमा गइसकेको छ, मैले भनिसकेँ प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो।

त्यस्तै प्रधानमन्त्री देउवाले वर्तमान संविधानका केही कुरामा आफ्नो पनि असहमति रहेको प्रधानमन्त्री देउवाको भनाई थियो । प्रधानमन्त्री देउवाले प्रजातन्त्रमा सबैभन्दा ठूलो शक्ति भनेकै नागरिक भएको स्मरण गराए । उनले निर्वाचन आयोग र वडादेखि नै हुने चुनाव निष्पक्ष र धाँदलीरहित हुनुपर्ने बताए। प्रधानमन्त्री देउवाले प्रजातन्त्रलाई नागरिकप्रति लक्षित कसरी बनाउने भनेर छलफल गर्न आवश्यक रहेको बताए।