logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पुनः बढ्यो पेट्रोलियम पदार्थको मूल्य


अंकुरण खबर
793
Shares

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।

निगमले विज्ञप्ति जारी गर्दै डिजेल, पेट्रोल र मट्टितेलको भाउ प्रतिलिटर ३ रुपैयाँ बढाएको जनाएको हो । बढेको मूख्यसंगै अब उपत्यकामा पेट्रोल प्रतिलिटर १ सय ३६ पुगेको छ भने मट्टीतेल र डिजेलको भाउ ११९ रुपैयाँ पुगेको छ ।

यसैगरी निगमले ग्यास सिलिन्डरको भाउ पनि बढाएको छ । निगमले एक सिलिन्डर ग्यासमा ७५ रुपैयाँ भाउ बढाएको हो । यससँगै उपत्यकामा अब एक सिलिन्डर ग्यास किन्न १५७५ पर्ने भएको छ । गएरातीबाट बढेको मूल्य लागु भएको हो ।