logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उदाउँदो सूर्यलाई अर्घ दिएर सकियो छठ


अंकुरण खबर
832
Shares

उदाउँदो सूर्यलाई अर्घ दिएर आजबाट छठ पर्व सकिएको छ ।

चार दिन मनाइएको छठ पर्व आज बिहान परिवारका सबै सदस्य मिलेर उदाउँदो सूर्यलाई गाईको दूधको अर्घ दिएर पर्व सकिएको हो ।

छठको पहिलो दिन नुहाई खाई, दोस्रो दिन खरना,तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ र अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ दिएर सम्पन्न भएको हो ।

पहिले पहले तराइवासीले तराईमा मात्र मनाउने छठ पर्व पछिल्ला वर्षहरुमा राजधानी लगाएत अन्यत्र पनि अन्य धर्मल्वाम्बी सहित भव्यताका साथ मनाउन थालिएको छ ।

छठी माताको पुजा आरधाना गरि यो पर्व मनाउँदा चर्मरोग निको हुने, पुत्रलाभ, आर्थिक समृद्धि तथा सुख, शान्ति,दीर्घजीवन प्राप्त हुने जनविश्वास रहदै आएको छ ।