logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रिय जनगणना २०७८ आजबाट शुरू


अंकुरण खबर
1.014K
Shares

राष्ट्रिय जनगणना २०७८ आजदेखि शुरू हुँदैछ ।

बिहीवार सङ्घमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति र प्रधानमन्त्रीको जनगणना गरेर जनगणना कार्यक्रम शुरू गरिनेछ । यस्तै प्रदेशमा मुख्यमन्त्री, स्थानीय तहमा नगर तथा गाउँ प्रमुख र वडामा वडाध्यक्षको गणना गरी जनगणनाको प्रारम्भ गरिने केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

जनगणनाका लागि देशैभर गरी ३९ हजार गणक र आठ हजार पाँच सय जना गणक कार्यक्षेत्रमा खटिएका छन् ।

यस अघि नै प्रधानमन्त्री शेर बहादुर देउवाले जनगणना सफल बनाउन विभिन्न राजनीतिक दल तथा दलका शीर्ष नेताहरू सरोकारवाला सबै निकायलाई आग्रह गरेका छन् । जनगणनाले देशको चौतर्फि बिकासमा ठुृलो सहयोग गर्ने भएकाले राष्ट्रिय जनगणना, २०७८ लाई सबैको साथ सहयोग आवश्यक रहेको प्रधानमन्त्री देउवाको भनाई छ ।

नेपालमा संघीयता कार्यान्वयनमा आएपछि यो पहिलो जनगणना हो ।