नेपाल बार एसोसिएसनले न्यायपरिषदका सदस्यलाई प्रधाननन्यायाधीश चोलेन्द्र शमसेर राणाले बोलाएको बैठकमा नजान आग्रह गरेको छ।
प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलनको अगुवाई गरेको बारले बुधबार न्यायपरिषदका सबै सदस्यलाई पत्राचार गरेर यस्तो आग्रह गरेको हो ।
पत्रचारमा भनिएको छ ‘सम्पूर्ण रूपमा न्यायिक जगतमात्र नभई आम नागरिक समेतको विश्वास गुमाएका प्रधानन्यायाधीशले न्याय परिषदको बैठक डाकी थप विकृति, विसंगतिजन्य कार्य गर्न लगाउन कोशिस गर्ने टड्कारो आशंका देखिएकाले बैठकमा उपस्थित नभई अवज्ञा गर्न र विकृति विसंगति विचौलिया भ्रष्टाचारमुक्त न्यायपालिका बनाउने नेवाएको अभियानमा सहयोगका अनुरोध गरिन्छ,’
प्रधानन्यायधिशकै कारण न्यायपालिकाकामाथि आशंका गर्ने ठाउँ बनेको, विकृत बनकोले जतिसक्दो छिटो भएको राजीनामा दिनु पर्ने बारको आरोप छ ।
प्रधानन्यायाधीश अध्यक्ष हुने परिषदमा दिपककुमार कार्की, रामप्रसाद श्रेष्ठ, रामप्रसाद भण्डारी र ज्ञानेन्द्र बहादुर कार्की सदस्य रहेका छन् ।