नेकपा एमालेका शीर्ष नेताहरूले पार्टीको १०औँ महाधिवेशन स्थलको अवलोकन गरेका छन् ।
एमाले महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’, पार्टी प्रवक्ता प्रदिप ज्ञवाली, कार्यालय सचिव शेरबहादुर तामाङ, नेताहरू सुरेन्द्र पाण्डे, शंकर पोखरेल, विष्णु रिमाल लगायतका नेताले महाधिवेशनको उद्घाटन र बन्द सत्र हुने स्थानको अवलोकन गरेका ह्ुन् ।
महाधिवेशन स्थल अबलोकनका क्रममा महासचिब पोखरेलले पार्टीमा १० बुँदे कार्यान्वयनको विषयमा कुनै समस्या नरहेकाले पनि महाधिवेशन भव्यताका साथ सम्पन्न हुने बताए । पार्टीमा आवश्यकक्ता अनुसार सबैको जिम्मेवारीमा पनि अस्वस्थ प्रतिस्प्रर्धा नहुने उनको भनाई थियो ।
बन्द सत्र गर्न लागिएको सौराहाको बाघमारा चौरसहितका अन्य क्षेत्रको पनि आज अवलोकन गरी छलफल गर्ने कार्यक्रम रहेको जिल्ला अध्यक्ष पार्वती रावलले बताए । उद्घाटन सत्रमा देशैभरबाट नेता कार्यकर्ता ल्याउने पार्टीको योजना छ । बन्द सत्रमा दुई हजारको हाराहारी सदस्य रहनेछन् । नेकपा एमालेको आगामी मङ्सिर १० देखि १२ गतेसम्म महाधिवेशन हुँदैछ ।