logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चिसो बढ्ने क्रम जारी,यस्तो रहने छ आगामी ३ दिनको मौसम


अंकुरण खबर
767
Shares

दैनिक रुपमा देशभर चिसो बढ्ने क्रम जारी छ ।

मौसम पूर्वानुमान महाशाखाका आनुसार न्यूनतम तापक्रम घट्ने क्रम जारी छ । हाल देशका पहाडी भूभागहरूमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम भने सामान्यतया सफा रहेको जनाइएको छ ।

महाशाखाले अहिले बिहान सार्वजानिक गरेको आगामी तीन दिनको अबस्था यस्तो छ…

२०७८ कार्तिक २६ गते (शुक्रबार)

दिउँसो : प्रदेश न १ र प्रदेश न २ का भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ।

राती : प्रदेश न १ र प्रदेश न २ लगायत अन्य प्रदेशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

२०७८ कार्तिक २७ गते (शनिबार)

दिउँसो :  देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

राती : देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

२०७८ कार्तिक २८ गते (आईतबार)

दिउँसो : देशका प्रदेश न १, वागमती प्रदेश र गण्डकी प्रदेशका भू-भागमा आंशिक देखि सामान्य बदली र अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

राती : देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

महाशाखाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ ।