logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रचण्डको सचिवालय हेरफेर, रमेश मल्ल स्वकीय सचिव


अंकुरण खबर
1.222K
Shares

पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालय हेरफेर भएको छ ।

प्रचण्डले अनेरास्ववियु क्रान्तिकारीका पूर्वअध्यक्ष समेत रहेका रमेश मल्ललाई स्वकीय सचिवको जिम्मेवारी दिइएको छ ।

यसअघिका स्वकीय सचिव रहेका जोखबहादुर महरालाई लुम्बिनी प्रदेशको सहइन्चार्ज बनाइएको छ । भने प्रचण्डपुत्री गंगा दाहाललाई स्वकीय सचिव कायम नै राख्ने बताइएको छ ।

माओवादी केन्द्रको केन्द्रीय सदस्य समेत रहेका मल्लले यसअघि पनि प्रचण्डको स्वकीय सचिवको जिम्मेवारी सम्हालिसकेका छन् ।