logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

२४ घण्टामा थपिए ३९७ संक्रमित, ३ जनाको मृत्यु


अंकुरण खबर
858
Shares

पछिल्लो २४ घन्टामा ३ सय ९७ जनामा कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६६ नमूना परीक्षणमध्ये ३५५ पीसीआर र ४७ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो भने, ३ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार थप ३ सय ८९ जना संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ७ लाख ९७ हजार ४४८ पुगेको छ ।

हाल मुलुकभर ७ हजार ४९८ सक्रिय संक्रमित रहेका छन् ।