logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उच्च प्रदूषका कारण दिल्लीमा लकडाउन, बिद्यालय बन्द, सरकारी कर्मचारीले घरबाटै काम गर्ने


अंकुरण खबर
1.547K
Shares

छिमेकी मुलुक भारतको दिल्लीमा प्रदूषणको तह उच्च भएपछि लकडाउनको तयारी भएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार प्रदूषणको तह उच्च रहेकाले दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले लकडाउनको घोषणा गरेका हुन् । विद्यालय बन्द भएका छन्।

नयाँ व्यवस्थाअनुसार अब सोमबारदेदिख बिद्यालयहरुमा भौतिक रुपमा पठनपाठन बन्द हुने छ भने, आईतबारदेखि चार दिनसम्म धुलो र प्रदूषणको मुख्य कारक मानिएका निर्माणजन्य सबै कार्य बन्द हुनेछन् ।  सरकारी कर्मचारीले सात दिनसम्म घरबाटै काम गर्दैछन् ।

केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार शनिवार साँझ साढे ६ बजे दिल्लीको औषत वायु गुणस्तर सूचांक ४२७ पुगेको थियो । सामान्यतया शून्यदेखि ५० सम्मको वायु गुणस्तर सूचांकलाई वातावरणका दृष्टिले उपर्युक्त मानिन्छ ।

वायु गुणस्तर सूचांक ४०० भन्दा बढी हुनुलाई प्रदूषणको तह खतरनाक अवस्थामा पुगेको भन्ने बुझिन्छ । यस्तो प्रदूषणले फोक्सोको क्यान्सरलगाबयत मुटु र श्वासप्रश्वासजन्य समस्या उत्पन्न हुने विज्ञहरू बताउँछन् ।

गएको एक सातादेखि दिल्लीलगायत गुरगाउँ, नोडिया, गाजियाबादमा प्रदुषणले हद नाघेको छ । पछिल्लो एक सातादेखि नयाँ दिल्लीलाई प्रदूषणले ढाकेको छ ।