logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रौतहटमा कार दुर्घटना हुँदा चार जनाको मृत्यु


अंकुरण खबर
728
Shares

रौतहटमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

गौर–चन्द्रनिगाहपुरसँग जोडिएको सहायक राजमार्ग अन्तर्गत यमुनामाई गाउँपालिकाको झुन्खुन्वा चौक नजिक शनिबार राति १० बजेतिर यूके १२सी २९०० भारतीय नम्बरको कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीहरूको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख, एसपी बिनोद घिमिरेले जानकारी दिए ।