logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार


अंकुरण खबर
1.313K
Shares

साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

आइतबार छापावाला सुन दुई सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत शुक्रबार छापावाल सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँ कायम भएको थियो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९४ हजार १०० रुपैयाँ कायम भएको छ ।

आइतबार चाँदीको मूल्यमा पनि तोलामा १० रुपैयाँ बढेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार २९५ रुपैयाँ कायम भएको छ । गत शुक्रबार चाँदी प्रतितोला एक हजार २८५ रुपैयाँ कायम भएको थियो ।