logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रोल्पामा जिप दुर्घटना : तीनको मृत्यु, तीन जना घाइते


अंकुरण खबर
1.339K
Shares

रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने दुर्घटनामा ३ जना घाइते भएका छन् ।

आइतबार बिहान जिल्लाको माडी गाउँपालिका–६ हान्ङीङबाट सोही पालिका–२ घर्तीगाउँतर्फ जाँदै गरेको रा १ ज ३८२ नम्बरको जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृतक ३ जनामध्ये एकजना महिला र दुईजना पुरुष भएको तर उनीहरुको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिए ।

दुर्घटनामा के कति क्षति भयो भन्ने थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।