logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तास खेलिरहेको अवस्थामा काठमाडौंबाट आठजना पक्राउ


अंकुरण खबर
1.209K
Shares

तास खेलिरहेको अवस्थामा काठमाडौंबाट आठजना पक्राउ परेका छन्।

काठमाडौं महानगरपालिका–७ गंगाहिटी चाबहिलस्थित टहरोमा पाँचथर घर भएका ३७ वर्षीय सुजन लिम्बूले सञ्चालन गरेको खुकुरी सेकुवा कर्नर, रेष्टुरेन्ट तथा खाजा घरमा तास खेलिरहेको अवस्थामा सुजन लगायत आठजनालाई शनिबार राति प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

उक्त खाजा घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख १८ हजार २ सय २० रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।