नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले तोकेका इजलासमा नबस्न न्यायाधीशहरूलाई आग्रह गरेका छन्।
आइतबार सर्वोच्च अदालत परिसरमा आयोजित विरोध कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले न्यायापालिकाको संरक्षण गर्न भनेर नियुक्त भएका चोलेन्द्र शमशेरले अहिले विचौलिया विकृति र विसंगतिको संरक्षण गरेको भन्दै उनले तोकेको पेशीको इजलासमा नबस्न आग्रह गरेका हुन् ।
‘न्यायाधीशलाई हाम्रो आग्रह छ, भ्रष्ट चोलेन्द्रले तोकेका पेशीको इजसालसमा नबस्नू होला’ श्रेष्ठले भने। उनले बिचौलियाका नाइके प्रधानन्यायाधीश जबराले गरेका काम अब बार एसोसिएसनले नमान्ने बताए।
बारले प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाइसकेको छ । यस्ता प्रधानन्यायाधीशले गरेका कुनै पनि काम अब हामीलाई मान्य हुँदैन। भ्रष्ट र बिचौलियाका नाइकेले गरेका कुनै पनि काम बारले मान्दैन श्रेष्ठले भने’ ।