मुस्ताङमा रहेको मानापाथी हिमालमा हिमपहिरो गएको छ ।
मानापाथी हिमाल नजिक रहेको थासाङ गाउँपालिका–२ मा हिमपहिरो गएको हो ।
हिमपहिरो पछि भाग्ने क्रममा ६ विद्यार्थी र एक शिक्षक घाइते भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङ प्रहरी प्रमुख डीएसपी रामकुमार दानीले जानकारी दिए । अहिलेसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको र भागाभागमा ७ जना घाइते भएको उनले बताए । मुस्ताङको सदरमुकाम जोमसोमबाट १९ किलोमिटर बेनीतर्फको पहिरो खसेको उनको भनाइ छ ।
अहिले घाइतेलाई उद्धार गरेर जोमसोम लैजाने तयारी भइरहेको र पहिरोका कारण केही जनावर मरेको हुन सक्ने बताउँदै पहिरो खसेपछि अहिले खोला केही बढेको र वरपरका गाउँमा सचेत रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद अधिकारीले जानकारी दिए ।
प्रहरी घटनास्थलमा पुगिसकेको थप क्षतिको विवरण आउन बाँकी रहेको छ ।